राष्ट्र बैंकले १० करोडको ट्रेजरी बिल बिक्री गर्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्र बैंकले १० करोडको ट्रेजरी बिल बिक्री गर्दै


२४ माघ २०७६, शुक्रबार


बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कूल रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले यही माघ २७ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकका अनुसार कूल ९१ दिने अवधिका लागि उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । सोमबार बिक्री गरिने ट्रेजरी बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ ।

बैंकले यसअघि पनि रु ९५ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस