प्रदेश कारागार अवलोकन गर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश कारागार अवलोकन गर्ने


२४ माघ २०७६, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले कारागारको अवस्था अध्ययन गर्ने भएको छ ।

शुक्रबार बसेको समितिको बैठकले सातवटै प्रदेशका कारागार निरीक्षण गर्ने निर्णय गरेको हो । कारागारको अवस्था सन्तोषजनक नभएको भन्ने खबर सार्वजनिक भईरहँदा कैदी बन्दीको अवस्थाका विषयमा समितिले निरीक्षण गर्ने निर्णय गरेको हो ।

कारगारभित्र बस्‍ने बन्दीहरुलाई आवास नपुगेको, उनीहरुको स्वास्थ्य अवस्था राम्रो नभएको र उनीहरुले कानुनी सहायता समेत भनेको समयमा नपाएको गुनासो बढेकाले कारागारहरुको निरीक्षण गरिने समिति सदस्यहरुको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस