एमसीसीका सहायक उपाध्यक्ष काठमाडौँ आउँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमसीसीका सहायक उपाध्यक्ष काठमाडौँ आउँदै


२४ माघ २०७६, शुक्रबार


काठमाडौँ । मिलेनियम कर्पोरेसन च्यालेन्ज(एमसीसी) का दक्षिण एसिया लगायतका क्षेत्र हेर्ने सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आउने भएका छन् ।

शुक्रवार माघ २४ देखि २७ गतेसम्म ४ दिने नेपाल भ्रमणमा आउन लागेका ब्रुक्सले विभिन्न व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

संसदबाट पास हुने क्रममा रहेको नेपाल र अमेरिकाबिच भएको एमसीसी सम्झौता सत्तारुढ नेकपाभित्रै विवाद भएपछि नेकपा केन्द्रीय समितिले यसबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको छ ।

उनले एमसीसी नेपालका कर्मचारी तथा अर्थ मन्त्रालयबाट नियुक्त भएका एमसीसी नेपाल सञ्चालक समितिका अध्यक्षसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई पनि भेट्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस