अख्तियार घेर्न पुगेका साझा पार्टीका नेता-कार्यकर्ता पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अख्तियार घेर्न पुगेका साझा पार्टीका नेता-कार्यकर्ता पक्राउ


२४ माघ २०७६, शुक्रबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिन पुगेका साझा पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुलाई उन्मुक्ति दिएको भन्दै साझाले अख्तियारमा धर्ना दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित केही पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

तर, सत्तारुढ पार्टी निकटका व्यक्तिहरुलाई उन्मुक्ति दिएर मुद्दा दर्ता गरिएको आरोप विपक्षी दलहरुले आरोप छ । विपक्षी दलहरुले अख्तियारले नै असमान व्यवहार गरेको भन्दै आन्दोलनसमेत सुरु गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस