प्रतिनिधिसभा बैठक बस्दै : यस्ता छन् एजेन्डा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रतिनिधिसभा बैठक बस्दै : यस्ता छन् एजेन्डा


२४ माघ २०७६, शुक्रबार


काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक शुक्रबार दिउँसो १ बजे बस्ने छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले अवरोध गरेपछि स्थगित भएको थियो। कांग्रेस नेता विजय गच्छदारविरुद्ध अख्तियारले प्रतिशोधका आधारमा मुद्दा दायर गरेको भन्दै कांग्रेसले बैठकमा अवरोध गरेको थियो।

ललितानिवास जग्गा प्रकरणमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनालाई मुद्दा दायर गरेको छ।

आजको बैठकमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक,२०७६ सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले बिउ बिजन (दोस्रो संशोधन)विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गरिने कार्यसूचीमा उल्लेख छ।

यस्तै आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले कारागार विधेयक २०७६ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र कारागार विधेयक २०७६ पेश गर्ने कार्यसूची छ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसासले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक २०७६ पेश गर्नेछन्।

यस्तै प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय उत्पति भएको संघ प्रदेश र स्थानीय तह(अन्तरसम्बन्ध व्यवस्थापन)विधेयक २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

भौतिक पूर्वाधार तथा यातायतमन्त्री वसन्तकुमार नेम्बाङले बैठकमा राष्ट्रियसभामा उत्पति भएको ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव गर्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस