कार सिकाउँदा एकको मृत्यु, बैंकका शाखा प्रबन्धक घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कार सिकाउँदा एकको मृत्यु, बैंकका शाखा प्रबन्धक घाइते


प्रशासन संवाददाता

२४ माघ २०७६, शुक्रबार


बैतडी । कार सिकाउँदै गर्दा दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु तथा एक घाइते भएका छन् ।

मृत्यु हुनेमा कारधनि दशरथचन्द नगरपालिका–४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

दुर्घटनामा परी कृषि विकास बैंक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्धक डिकरदेव पाण्डेय घाइते भएका छन् । बा६प ९१९९ नंको सो कार दशरथचन्द नगरपालिका–२ देहीमाडौँस्थित घुसल्ला मोड नजिककै निर्माणाधीन क्याम्पसको मैदानमा सिकाउने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त कार मैदानभन्दा करीब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस