मूर्खतापूर्ण व्यवहार गरेको स्वीकार गर्दै अर्थमन्त्रीले दिए राजीनामा ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मूर्खतापूर्ण व्यवहार गरेको स्वीकार गर्दै अर्थमन्त्रीले दिए राजीनामा !


२३ माघ २०७६, बिहिबार


स्कटल्यान्ड । स्कटल्यान्डका अर्थमन्त्रीले वार्षिक बजेट सार्वजनिक गर्नुभन्दा केही घण्टा अघि मात्रै राजीनामा दिएका छन् ।

१६ वर्षे किशोरलाई सामाजिक सञ्जालमा सयौँ सन्देश पठाएपछि अर्थमन्त्री डेरेक माकेले राजीनामा दिएका हुन् । उनले आफूले मूर्खतापूर्ण व्यवहार गरेको स्वीकार गर्दै राजीनामा दिएका हुन् ।

स्कटिस सन पत्रिकाले ४२ वर्षीय वित्तमन्त्री माकेले ती युवकलाई फेसबुक र इन्स्टाग्राममा सयौँ सन्देश पठाएको खुलासा गरेको थियो । ती युवकलाई उनले ‘प्यारो’ भन्दै रग्बी म्याच हेर्न र डिनरका लागि आग्रह समेत गरेका थिए ।

यद्यपि उनीमाथि कानुन उल्लङ्घन गरेको आरोप लागेको छैन । मन्त्रीले यस्तो घटनापछि सार्वजनिक रूपमै माफी मागेका छन् । ‘सरकारमा रहेर सेवा गर्न पाउनु ठुलो अवसर हो’, माकेले विज्ञप्तिमा भनेका छन्, ‘सहकर्मी र समर्थकलाई हिनतावोध गराएकोमा म क्षमाप्रार्थी छु’

स्कटिस नेश्नल पार्टीमा उदाउँदो नेताको रूपमा चिनिएका माकेले छोटो समयमै सरकारबाट बाहिरिनु परेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस