सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु


प्रशासन संवाददाता

२३ माघ २०७६, बिहिबार


गौशला । महोत्तरीका दुई अलगअलग स्थानमा भएको सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ ।

आज दिउँसो यात्रुवाहक बससँग मोटरसाइकल ठोक्किदा पिपरा गाँउपालिकाकाका १७ वर्षीय राजेन्द्र शर्माको घटनास्थलमै मृत्यु भएको छ । जलेश्वरबाट जनकपुरतर्फ गइरहेको ज१ख ७५८ नम्बरको यात्रुवाहक बससँग ज७प ८५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालका शर्माको घटनास्थलमै मृत्यु भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृतक शर्माको शव परीक्षणका लागि जलेश्वर अस्पतालमा राखिएको छ । बस र त्यसका चालक जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्राणमा रहेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

त्यस्तै गएराति महोत्तरीको गौशाला–सम्सी सडकखण्डअन्तर्गत औरही नगरपालिका–४ स्थित कठुधारमा भएको सवारी दुर्घटनामा परी स्थानीयवासी २२ वर्षीय उमेश यादवको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका उमेशको उपचारका लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । प्रहरीका अनुसार यादवले चलाउँदै आएको वी आर ३० ई ७६९९ नम्बरको भारतीय मोटरसाइकल बाटोको छेउमा रोकिराखेको अवस्थामा ज १ त ९१९९ नम्बरको उखु लोड गरिएको ट्रयाक्टरले ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस