बच्चा जन्मिएपछि बुवालाई पनि आमालाई जत्तिकै बिदा ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बच्चा जन्मिएपछि बुवालाई पनि आमालाई जत्तिकै बिदा !


२३ माघ २०७६, बिहिबार


फिनल्याण्ड । फिनल्याण्डको नयाँ सरकारले बच्चा जन्मिएपछि बुवाले पनि बच्चासँग धेरै समय बिताउन पाऊन् भनेर आमाबुवा दुवैलाई समान बिदा दिने योजना घोषणा गरेको छ।

यो नयाँ योजना अनुसार आमाबुवा दुवैले १४ महिनाको तलबी बिदा पाउने छन्। फिनल्याण्डले लैङ्गिक समानता र सु–स्वास्थ्यलाई प्रोत्साहनू गर्न खोजेको जनाएको छ।

अहिलेको व्यवस्था अनुसार फिनल्याण्डमा सुत्केरी आमालाई साढे चार महिना बिदा दिने व्यवस्था छ भने बुवालाई बच्चा दुई वर्षको नहुँदासम्म साढे दुई महिनाको बिदा दिने व्यवस्था छ। त्यसमाथि अर्को ६ महिनाको बिदा पनि बाँड्न सकिन्छ।

प्रत्येक आमाबुवाले साढे ६ महिना बिदा पाउँछन् जसअन्तर्गत १ सय ६४ दिन पर्छ। र, गर्भवती महिलाले मासिक रूपमा थप भत्ता पाउँछिन्।

आमाबुवाले आफ्नो कोटाको ६९ दिन एकअर्कालाई दिन पाउँछन्। एकल अभिभावकले दुवै भत्ता प्रयोग गर्न पाउँछन्।

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले गत महिना लैङ्गिक समानताका लागि आफ्नो देशले अझ धेरै गर्न बाँकी रहेको बताएकी थिइन्।

उनले बच्चाहरू साना हुँदा उनीहरूका बुवाले उनीहरूसँग निकै कम समय बिताउने गरेको गुनासो गरेकी थिइन्।

छिमेकी स्वीडेनमा बच्चा जन्मिएपछि पाइने बिदामा युरोपकै सबैभन्दा उदार प्रणाली छ जहाँ हरेक अभिभावकले २४० दिनको बिदा पाउँछन्। यो समाचार बीबीसीको सहयोगमा तयार पारिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस