बालुवाटारको जग्गामा दिएको ऋणको विवरण तत्काल दिन बैङ्कहरूलाई राष्ट्र बैङ्कको पत्र « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

बालुवाटारको जग्गामा दिएको ऋणको विवरण तत्काल दिन बैङ्कहरूलाई राष्ट्र बैङ्कको पत्र


२३ माघ २०७६, बिहिबार


बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले सबै बैङ्कहरूलाई बालुवाटारको सरकारी जग्गा धितोमा ऋण लिएको भए त्यसको विवरण पठाउन पत्र पठाएको छ ।

राष्ट्र बैङ्क सुपरिवेक्षण विभागले बिहीबार सबै बैङ्कहरूलाई पत्र लेख्दै त्यसरी ऋण प्रवाह गरेको भए त्यसको अवस्था र रकमको बारेमा राष्ट्र बैङ्कमा विवरण पठाउन निर्देशन दिएको हो ।

बैङ्कका प्रवक्ता डा.गुणाकर भट्टले त्यसरी पत्र लेखेको जानकारी दिँदै बैङ्कहरूबाट विवरण आएपछि अरू प्रक्रिया सुरु हुने बताएका छन् ।

बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने, त्यस्तो जग्गा आफ्नो नाममा ल्याउने र त्यसरी प्रत्यक्ष रूपमा संलग्न नभए पनि अहिले जग्गा आफ्नो स्वामित्वमा रहेका व्यक्तिहरूलाई जग्गा जफत गर्ने भन्दै ३ तहको मुद्दा दायर गरेको थियो । आयोगले सो क्षेत्रमा पर्ने जग्गा धितोमा राखेर करिब साढे २ अर्व रुपैंया कर्जा प्रवाह भएको भन्दे त्यसरी ऋण दिने बैङ्कहरूलाई कारबाही गर्न नेपाल राष्ट्र बैङ्कलाई लेखी पठाउने निर्णय पनि गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस