स्वास्थ्य मन्त्रालय घेराउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

स्वास्थ्य मन्त्रालय घेराउ


२३ माघ २०७६, बिहिबार


काठमाडौँ । चीनमा रहेका नेपालीलाई तत्काल उद्धार हुनुपर्ने माग गर्दै अभिभावकहरूले स्वास्थ्य मन्त्रालय घेराउ गरेका छन् ।

रामशाहपथस्थित मन्त्रालयमा पुगेका ३० भन्दा बढी अभिभावकले चीनमा छोराछोरीले सुरक्षित नभएको बताउँदै घरमा झ्याल ढोका बन्द गरेर बस्नुपरेको र खानेकुरासमेत नपाएको गुनासो गरेका छन् ।

स्वास्थ्य मन्त्रालय घेराऊ गर्न पुगेका आफन्तहरूले स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग भेट गर्न पाउनुपर्ने माग गरेका थिए ।

अन्य देशहरूले चीनमा रहेका आफ्ना नागरिकहरूलाई फिर्ता लगिसक्दा पनि नेपालले कुनै वास्ता नगरेको भन्दै अलपत्र रहेका आफ्ना छोराछोरी र आफन्तलाई स्वदेश फर्काउन सरकारले हेलचेक्र्याइँ गरिरहेको अभिभावकहरूको गुनासो छ ।

Tags :
प्रतिक्रिया दिनुहोस