घुस लिएको आरोपमा सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा - प्रशासन प्रशासन
prasaLogo
२३ माघ २०७६, बिहीबार

घुस लिएको आरोपमा सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा


प्रकाशित मिति : 6 February, 2020 3:15 pm

अख्तियार

काठमाडौं । रुपन्देहीको सैनामैना सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत पुष्पराज श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ ।

श्रेष्ठले घर बनाउनको लागि काठ उपलव्ध गराउन भेरिफिकेसन सिफारिस गरिदिए बापत सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्धा दायर गरेको हो ।

अनुसन्धानको क्रममा श्रेष्ठले सेवाग्राहीसँग काठ उपलब्ध गराउन फिल्ड भेरिफिकेशन गरिदिएबापत ५ हजार घुस लिएको तथ्य पुष्टी हुन आएकोले उनीविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस