नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक शर्माको निधन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक शर्माको निधन


२२ माघ २०७६, बुधबार


काठमाडौं । नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक दुर्गानाथ शर्माको निधन भएको छ ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो । उनी मुटु र मिर्गौलासम्बन्धी रोगबाट ग्रसित थिए ।

नेपाल टेलिभिजनका संस्थापकमध्ये एक रहेका ७२ वर्षीय शर्मा त्यहाँ समाचार प्रस्तोतादेखि नायब महाप्रबन्धक, महाप्रबन्धक रहेका थिए । विसं २०४२ पुस १४ गते टेलिभिजनको प्रशारण गर्दा उनी पहिलो प्रस्तोता रहेका थिए ।

उनी टेलिभिजनका अगुवाका रुपमा चिनिन्थे । उनी रेडियो नेपालमा समाचारवाचक र गोरखापत्रमा समेत काम गरिसकेका छन् । इलामको फिक्कलमा जन्मिएका शर्माको श्रीमती र दुई छोरा छन् । शर्मा परिवारसहित नयाँ बानेश्वरमा बस्दै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस