सुन तस्करीको अभियोगमा एक भारतीय पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुन तस्करीको अभियोगमा एक भारतीय पक्राउ


प्रशासन संवाददाता

२१ माघ २०७६, मंगलबार


विराटनगर । सुन तस्करी गरेको अभियोगमा मोरङ प्रहरीले एक भारतीयलाई आज पक्राउ गरेको छ । भारत विहार राज्यको कटिहार ग्राम पञ्चायत वडा नं २० निवासी ६२ वर्षीय चन्दन भौमिकलाई विराटनगर भन्सार ढोकामा पक्राउ गरिएको हो ।

अभियुक्त भौमिकलाई सुनका दुई चुरासहित नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस