गाउँपालिका र वडा कार्यालय तोडफोड « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गाउँपालिका र वडा कार्यालय तोडफोड


प्रशासन संवाददाता

२० माघ २०७६, सोमबार


काठमाडौं । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका कार्यालय र वडा नम्बर ६ को कार्यालयमा तोडफोड भएको छ । अज्ञात समूहले आइतबार राति अत्तरपुरस्थित गाउँपालिका कार्यालय, पेड्कुमा रहेको ६ नम्बर वडा कार्यालय र पेड्कुका ११ घर तोडफोड गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्‍चोकका अनुसार घटना राति भएको र करिब ११ वटा घरमा तोडफोडसहित चोरी भएको छ ।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष र स्टोरकक्ष तोडफोड भएको बताइएको छ। दराज र घर्रा फोरेर कागजपत्रहरु फालिएको अवस्थामा फेला परेका छन् ।

वडा कार्यालयको पनि ढोका फोरेर दराज र घर्रा तोडफोड भएको छ।

घटनाबारे थप अनुसन्धान भइरेहेको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस