२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेविसंघको तदर्थ समितिमा थप ७ पदाधिकारी मनोनित

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिमा पदाधिकारी थप गरी विस्तार गरिएको छ । कांग्रेसको २०७५ साल फागुन १ गतेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार पार्टी सभापति शेरबहादुर देउवाद्वारा गठित संघको केन्द्रीय समितिमा आज दुई उपसभापति र पाँच महामन्त्री मनोनयन गरिएको पार्टी कार्यालयले जनाएको छ ।

संघको केन्द्रीय कार्यसमितिको उपसभापतिमा तुलसा पन्त (झापा) र मुक्तिराज पौडेल (रुपन्देही) तथा महामन्त्रीहरुमा दीपक भट्टराई (तनहुँ), उर्मिला थपलिया (धादिङ), प्रभातकुमार दाहाल (मकवानपुर), बलदेव तिमल्सिना (सिन्धुपाल्चोक) र युवराज पाण्डे (स्याङ्जा)लाई मनोनयन गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति देउवाले यसअघि यही माघ १६ गते राजीव ढुङ्गानाको अध्यक्षतामा दुई महामन्त्रीसहित तीन सदस्यीय नेविसंघ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेका थिए । नेविसंघको केन्द्रीय समितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशीघ्र गरिने उनले बताए ।