बालिका अपहरण गरेर १६ लाख फिरौती माग्ने पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बालिका अपहरण गरेर १६ लाख फिरौती माग्ने पक्राउ


१९ माघ २०७६, आइतबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । भक्तपुरबाट अपरहणमा परेकी एक बालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ।

अपरहण भएको ५ घन्टाभित्रै प्रहरीले बालिकाको उद्धार गर्नुको साथै अपहरणमा संलग्न एक जनालाई पनि पक्राउ गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु र महानगरीय प्रहरी वृत्त, ठिमीको टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-५ घर भई भक्तपुर बोडे बस्ने २० वर्षीय आशिष थापा छन्।

थापाले आइतबार १२ बजे सूर्यविनायक नगरपालिका-५ ग्लोरी इंग्लिस स्कूलमा अध्ययन गर्ने ६ वर्षीया बालिकालाई अपहरण गरेका थिए।

अपहरण गरेर थापाले १६ लाख रुपैयाँ फिरौतीसमेत माग गरेका थिए । उनलाई घ्याम्पे डाँडामा लगेर पछाडि हात बाँधेर राखिएको प्रहरीले जनाएको छ । तर, बालिका रोइकराइ गर्न थालेपछि घुम्न आउने मानिसले आवाज सुन्ने डरले थापा बालिकालाई छाडेर भागेको बताइएको छ ।

जंगलमा रोएको देखेर घुम्न आउने मानिसले सोधपुछ गर्दा उनले स्कुलको नाम बताएपछि सर्वसाधारणले उनलाई स्कुलसम्म छाडिदिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस