कैलालीमा प्रहरी र प्रदर्शनकारीबिच झडप, दर्जनौँ सुरक्षाकर्मी घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कैलालीमा प्रहरी र प्रदर्शनकारीबिच झडप, दर्जनौँ सुरक्षाकर्मी घाइते


१९ माघ २०७६, आइतबार


कैलाली । कैलालीको लम्की चुहा नगरपालिका–४ बलियामा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच झडप हुँदा दर्जनौँ सुरक्षाकर्मी घाइते भएका छन् ।

सडक दुर्घटनामा परी शनिवार ज्यान गुमाएका लम्की चुहा नगरपालिका–६ लुहारपुरका मायाराम चौधरीका आफन्तले न्याय पाउनु पर्ने माग गर्दै दिनभर पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।

मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका चौधरीका आफन्तले ठक्कर दिने सवारीका दोषी तत्काल पत्ता लगाइ कारबाही गर्न र उचित क्षतिपूर्तिको माग गर्दै शुक्रवार रातिदेखि नै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।

पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका मृतकका समर्थक र प्रहरीबिच राजमार्ग खुलाउने विषयमा विवाद हुँदा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा र इँटा प्रहार गर्दा १० भन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् भने प्रदर्शनकारी समेत घाइते छन् ।

भीड नियन्त्रण लिन प्रहरीले दर्जन बढी अश्रुग्याँस प्रहार गरेको थियो।

पीडित पक्षले भने दोषीलाई कारबाही नगरेसम्म शव नबुझ्ने अडान लिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस