२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जङ्गली हात्तीको बथानद्वारा गहुँ बालीमा क्षति

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको चुरे क्षेत्र नजिकका बासिन्दाले लगाएको अन्न बालीमा जङ्गली हात्तीको बथानले व्यापक क्षति पुर्‍याउन थालेको छ । तीन दिनदेखि करीब २० सङ्ख्यामा रहेको हात्तीको बथानले गहुँ, केराउ, मसुरोलगायतको बालीमा नोक्सान पुरयाएको हो ।

हात्तीको बथान रातिको बेला स्थानीय किसानको खेतमा छिरेर बालीमा क्षति पुर्‍याउदै आएको छ । नगरपालिका–८ मा मात्रै हात्तीको बथानले सात जना किसानले खेतमा लगाएको गहुँलगायतको बालीमा क्षति गरेको वडाध्यक्ष बहादुरसिंह महराले बताए। सामुदायिक वन क्षेत्रमा लगाइएको १५ मिटर ग्याबिन तारजालीसमेत हात्तीको बथानले चुँडालेको छ ।

हात्तीको बथान साँझ नपर्दै नजिकैका सामुदायिक वनबाट खेतमा छिरेर क्षति पुर्‍याउन थालेपछि स्थानीयवासी हात्ती भगाउनकै लागि रातभर जाग्राम बस्दै आएका छन् । खेतमै आगो बालेर हात्ती भगाउनका तीन दिनदेखि खेतमै बस्दै आएको स्थानीयवासी बिन्ता जागरीले बताए।

वर्षात्का बेलासमेत यस क्षेत्रमा हात्तीको बथाले धान बालीमा व्यापक नोक्सानी गरेका थियो । हात्तीलगायतका जनावरले खेतमा लगाएको बालीमा नोक्सानी पुर्‍याउँदै आएपछि स्थानीय किसान साँझ–बिहानको छाक टार्नकै लागि भारतमा मजदूरी गर्न जान बाध्य भएका छन् ।

हात्तीको बथानले नगरपालिकाको वडा–७ को सिमलफाँटालगायतका किसानले लगाएको गहुँ बालीसमेतमा क्षति गरेको छ । हात्तीको बथानले प्रतिवर्ष नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ७, ८ र १२ का किसानले लगाएको धान, गहुँ, उखु र केरालगायतको बालीमा क्षति पुर्‍याउने गरेको छ ।रासस