लिपुलेकसहितको नयाँ नक्सा जारी गर्न सरकारलाई नेकपाको निर्देशन « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

लिपुलेकसहितको नयाँ नक्सा जारी गर्न सरकारलाई नेकपाको निर्देशन


१९ माघ २०७६, आइतबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गर्न निर्देशन दिइसकेको बताएका हुन् । उनले अब छिट्टै सरकारले नयाँ नक्सा जारी गर्न लागेको समेत जानकारी दिएका छन् ।

नेपाल ट्रष्टको गोकर्ण लगायतका जग्गा यति होल्डिङ्सलाई लिजमा दिएको सन्दर्भमा प्रश्न उठेपछि बैठकले ट्रष्टको देशभरको जग्गाको यथार्थ जानकारी मागेको हो । यतिलाई दिइएको कुरामात्र बाहिर आए पनि अरुले पनि धेरै सम्पत्ति लिजमा लिएको हुनाले यथार्थ विवरण मागिएको केन्द्रीय सदस्य विशाल भट्टराईले बताए ।

ट्रष्टको सम्पत्ति क कसलाई कुन सरकारको पालामा कसरी लिजमा दिएको हो सबै विवरण स्वेतपत्रमार्फत सार्वजनिक गर्न ट्रष्टका अध्यक्षसमेत रहेका नेता ईश्वर पोखरेललाई निर्देशन दिएको जानकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस