एमसीसीबारे सुझाव संकलन गर्न झलनाथको नेतृत्वमा कार्यदल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमसीसीबारे सुझाव संकलन गर्न झलनाथको नेतृत्वमा कार्यदल


१९ माघ २०७६, आइतबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकाले नेपाललाई उपलब्ध गराउने मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ ।

जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी विवाद समाधान लागि समिति गठनको प्रस्ताव गरेका हुन्।

बैठकमा अधिकांश केन्द्रीय सदस्यले एमसीसीको विरोध गरेपछि अध्यक्ष प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन्। एमसीसी विवाद समाधान समिति तीन सदस्यीय हुनेछ।

नेकपा भित्र एमसीसीबारे धेरै प्रश्न उठेपछि आज बसेको सचिवालय बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा भीम रावल तथा प्रदीपकुमार ज्ञवाली सदस्य रहने गरी तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस