‘चीनलाई घेरा हाल्ने’ भनाई फिर्ता लिन्छौं : अध्यक्ष प्रचण्ड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘चीनलाई घेरा हाल्ने’ भनाई फिर्ता लिन्छौं : अध्यक्ष प्रचण्ड


१९ माघ २०७६, आइतबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाको इन्डो–प्यासिफिक स्ट्राटेजी (आइपीएस) चीनलाई घेरा हाल्नका लागि ल्याइएको भनी लेखिएको भनाई फिर्ता लिने बताएका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त राजनीतिक प्रस्तावमा आईपीएस चीनलाई घेरा हाल्न ल्याइएको बताइएको थियो ।

केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डले सदस्यहरुलाई जवाफ दिने क्रममा सो शब्द हटाएर दस्तावेज प्रकाशन हुने बताएका हुन् । राजनीतिक प्रतिवेदनमा उल्लेखित सो शब्दप्रति गोकुल बास्कोका, विष्णु रिमाललगायत प्रधानमन्त्री ओली पक्षधर नेताहरुले असहमति जनाउँदै यसले असंलग्न कुटनीतिमा असर गर्ने बताएका थिए ।

‘उता संयुक्त राज्य अमेरिकाले आफ्नो अति महाशक्तिको स्थिति कायम राख्न र विश्वमा आफ्नो एकछत्र प्रभुत्व बनाइराख्न नयाँ नयाँ रणनीतिको विकास गरिरहेको छ,’ प्रतिवेदनको पृष्ठ ८ मा भनिएको छ, ‘यसै सन्दर्भमा हिन्द महासागर वरिपरिका क्षेत्रहरुमा आफ्नो प्रभुत्व विस्तार गर्ने, प्रभुत्व कायम गर्ने र पहिलो आर्थिक शक्तिका रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रुपमा इण्डो प्यासिफिक रणनीति अगाडी बढाइरहेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस