सातौँपटक बाजुरामा हिमपात « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सातौँपटक बाजुरामा हिमपात


१९ माघ २०७६, आइतबार


बाजुरा । जिल्लाका उच्च भूभागमा पुनः हिमपात शुरु भएको छ । हिमपातका कारण चिसो बढेको छ । हिमाली क्षेत्रमा परेको भारी हिमपातका कारण चिसोले दैनिक जनजीवन नराम्ररी प्रभावित बनेको छ ।

शनिबार बिहानादेखि सदरमुकाम मार्तडीसहित आसपासका हिमाली भेगमा हिमपात र जिल्लाको तल्लो क्षेत्रमा पानी परेको छ । सातौँपटक हिमपात भएसँगै जिल्लामा चिसो बढेको छ । हिमपातपछि कोल्टी विमानस्थल बन्द भएको छ । स्थानीय बजार पनि बन्द छन् । ग्रामीण क्षेत्रमा आवतजावत रोकिएको छ ।

हिमाली क्षेत्रका गाउँमा परेको भारी हिमपातले एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क टुटेको छ । हिमपातसँगै बढेको चिसोका कारण हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गरिएका छन् । बजार पसल पनि पूर्णरूपमा बन्द भएका छन् । चिसोले खुला स्थानमा बसोबास गर्ने भोट जनजातिलाई निकै सास्ती भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस