२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सदरमुकाममा ‘फोरजी’ : गाउँमा कुरा गर्न रुखमा चढ्नुपर्ने

अ+ अ-

बाजुरा । जिल्लाका ग्रामीण बस्तीमा फोन गर्न रुख चढ्नुपर्ने र घण्टौ हिँडेर खबर आदानप्रदान गर्नुपर्ने बाध्यता हटेको छैन । तर सदरमुकाम मार्तडीमा शुक्रबारदेखि फोरजी सेवा सञ्चालन आएको छ । नेपाल टेलिकमले ग्रामीण क्षेत्रमा आफ्नो सेवा विस्तारमा ढिलाइ गरे पनि मार्तडी आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालनमा आएको छ ।

ग्रामीण क्षेत्रका जडान गरिएका टावरका उपकरण बिग्रिएका छन् । जिल्लाका गौमुल, जगन्नाथ, हिमाली गाउँपालिकामा अझै फोन सेवा सञ्चालन भएको छैन । जगन्नाथ गाउँपालिकाको केन्द्र तथा बडिमालिका नगरपालिकाकै दुर्गम क्षेत्रमा अझै फोन सुविधा छैन । नेपाल टेलिकम शाखा बाजुराले चौथो पुस्ताको इन्टरनेट सेवा ‘फोरजी’ विस्तारको कामलाई तीव्रता दिएसँगै बाजुरामा पनि जडान गरिएको हो ।

माघसम्म देशैभर फोरजी सेवा पु¥याउने लक्ष्य रहेको जनाइएको छ । हालसम्म ६० जिल्लामा सेवा विस्तार गर्नेक्रम सकिएको र बाजुरामा सेवा जडान हुनेमा ६०औँ जिल्लामा परेको शाखा कार्यालय प्रमुख पदम बडालले जानकारी दिनुभयो ।

फोरजीका लागि जिल्लाका दुई टावरमा बिटिएस प्रविधि जडान गरिएको छ । सदरमुकाम मार्तडीको खुलामञ्च र दूरसञ्चार कार्यालय अगाडि रहेको दुई टावरबाट फाष्ट इन्टरनेट सेवा फोरजी शुरु गरेको हो । फोरजी एलटीइ सेवा जडानसँगै इन्टरनेटको गतिमा पनि सुधार हुने छ ।