विराटनगर । बसरर माइक्रो बस एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् ।
आइतबार बिहान बाग्लुङबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस र काठमाडौं जाँदै गरेको सप्तकोशी यातायातको बा ५ ख ३१५७ नम्बरको माइक्रो बस ठोक्किएका हुन् ।
दुर्घटनामा हाइस माइक्रो बसका चालक र दुई जना यात्रुको मृत्यु भएको प्रहरी प्रमुखले जनाएको छ ।
मृत्यु हुनेमा एकजना महिला, दुईजना पुरुषको छन् । मृतक कसैको पनि सनाखत भएको छैन ।







