गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’


१९ माघ २०७६, आइतबार


पोखरा । गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण गर्ने नीति कार्यान्वयनमा आएको छ । प्रदेश सरकाले गत वर्षको नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको ‘एक स्थानीय तह एक हेलिप्याड’ निर्माण कार्य कार्यान्वयनमा ल्याएको हो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सरकारको नीति कार्यान्वयनमा आएको जानकारी दिएका छन् । उनले म्याग्दी, गोर्खा, मनाङ र मुस्ताङमा हेलिप्याड निर्माण गर्न आर्थिक वर्ष २०७५÷७६ को बजेटमा करिब आठ लाख विनियोजन गरेको बताउँदै गतवर्ष हिमाली जिल्लामा काम सम्पन्न भएको र अव पहाडी जिल्लाहरुमा काम शुरु गरिने बताएका छन् ।

उनले चालु आर्थिक वर्षमा सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्न पर्याप्त बजेट विनियोजन नभए पनि स्थानीय तहहरूसँग छलफल गरी आगामी आर्थिक वर्षमा यथेष्ट बजेट विनियोजन गरिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस