२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हातहतियार र लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

अ+ अ-

परासी । नेपाल प्रहरीले पेस्तोल, चक्कु र लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

शनिबार साँझ जिल्लाको बर्दघाट नगरपालिका–९ भूताहास्थित भित्री सडकखण्डबाट इलाका प्रहरी कार्यालय बर्दघाट र प्रहरी चौकी बासाबाट खटिएको टोलीले भारत महाराजगञ्जको कोतवाली बस्ने ४० वर्षीय नासिन अलि र सोही स्थानका ३० वर्षीय धर्मेन्द्र गौडलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले भूताहाको भित्री सडकमा भारतबाट आउँदै गरेको युपी५३भी २५०० नंका मोटरसाइकललाई शङ्कास्पद जाँच गर्ने क्रममा चालक अलिको बायाँ खुट्टाको मोजामा फलामको १०।५ इञ्च लामो धारिलो चक्कु र सोही मोटरसाइकलमा सवार गौडको बायाँ खुट्टामा एक थान कटुवा पेस्तोल र गोली पाँच राउण्ड लुकाइछिपाई राखेको अवस्थामा फेला परेको जानकारी दिए।

प्रहरीले गौडले बोकेको झोलाबाट फेनरागन १०० थान, डाइजापाम १०० थान, नोफिन १०० थान, ओनरेक्स ६० वटा प्रतिबोत्तल १०० मिलीलिटर, फेन्साडिल २८ प्रतिबोत्तल १०० मिलीलिटर लागुऔषध पनि बरामद गरेको छ । बरामद भएका हातहतियार, लागुऔषध र मोटरसाइकलसहित दुवैलाई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।