जीप दुर्घटनामा सहलेखापालको मृत्यु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

जीप दुर्घटनामा सहलेखापालको मृत्यु


१८ माघ २०७६, शनिबार


राजविराज । जीप दुर्घटनामा परी सप्तरीको कञ्चनरुप नगरपालिकाका सहलेखापालको मृत्यु भएको छ ।

पूर्वबाट काठमाडौंतर्फ गइरहेको स १ च १००९ नम्बरको जीप अनियन्त्रित हुँदा वीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाखर्कमा शुक्रबार दुर्घटना हुँदा कञ्चनरुप नगरपालिका ६ घोघनपुर निवासी अन्दाजी २८ वर्षीय सुरेन्द्र नारायण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप करिब दुई मिटर तल खोलामा खसेको बताइएको छ । दुर्घटनामा जीपका चालक सोही ठाउँ बस्ने ३० वर्षीय महमद अफरोज गम्भीर घाइते भएका छन् । उनको काठमाण्डौमा उपचार भइरहेको पचारमा संलग्न चिकित्सकले बताएका छन् ।

नीजि जीप भाडा लिएर कञ्चनरुप नगरपालिकाको मुद्दा पेसीका लागि काठमाण्डौ जार्दै गर्दा दुर्घटना भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस