नेकपा बैतडीका वडाअध्यक्षमाथि कुटपिट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेकपा बैतडीका वडाअध्यक्षमाथि कुटपिट


१८ माघ २०७६, शनिबार


बैतडी । बैतडीको दशरथचन्द नगरपालिका – १० का नेकपाका वडा कमिटी अध्यक्षमाथि कुटपिट भएको छ । शुक्रबार दिउँसो वडा नं १० को कार्यालयमै अध्यक्ष प्रकाश लावडमाथि कुटपिट भएको हो ।

लावडको दुवै हातमा चोट लागेको छ । उनको जिल्ला अस्पताल बैतडीमा उपचार गराएका छन् ।

लावडको बायाँ हातको कुहिनो माथिको जोर्नी खुस्किएको र दायाँ हातको बुढी औला भाँचिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर वसन्तराज जोशीले बताएका छन् ।

कुटपिटमा संलग्न स्थानीय त्रिलोक विष्टलाई प्रहरीले शुक्रबार साँझ नै नियन्त्रणमा लिएको छ ।

घटना कसरी र किन भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस