घुस लिएको आरोपमा मालपोतका खरिदारविरुद्ध भ्रष्टाचार मुद्धा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

घुस लिएको आरोपमा मालपोतका खरिदारविरुद्ध भ्रष्टाचार मुद्धा


१७ माघ २०७६, शुक्रबार


अख्तियार

काठमाडौं । ४० हजार घुस लिएको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासीका खरिदार नेत्रबहादुर चौधरी थारुविरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्धा दायर भएको छ ।

मोही जग्गा बाँडफाँड गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा आरोपित चौधरीले श्रीमानको नाममा रहेको जग्गा बाँडफाँड गरिदिने प्रयोजनको लागि उक्त रकम घुस लिएको पुष्टि हुन आएको दाबीसहित उनीविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस