देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली, बर्षाको सम्भावना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

 देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली, बर्षाको सम्भावना


१७ माघ २०७६, शुक्रबार


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान सूचना जारी गरेको छ । पूर्वानुमानका अनुसार आज (शुक्रबार) दिउँसो हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । हाल नेपालमा निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । देशको मध्य र पूर्वी पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली भएको छ भने मध्य र पूर्वी तराईका क्षेत्रमा हुस्सु लागको छ । यसैगरी पश्चिमी भूभागका केही स्थानमा भने हुस्सु लागेको छ ।

महाशाखाका अनुसार दिउँसो भने देशको पूर्वी भू–भाग लगायत मध्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू–भागमा आंशिक बदली रहनेछ । पुर्वी तथा मध्य पहाडी भू–भागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का बर्षाको सम्भावना रहेको छ।

राति देशको पहाडी भू–भागमा आंसिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस