२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लग्जेम्बर्गका विदेशमन्त्रीको औपचारिक भ्रमण सम्पन्न, श्रीलङ्का प्रस्थान

अ+ अ-

काठमाडौं । लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नले नेपालको दुईदिने औपचारिक भ्रमण पूरा गरी आज अपराह्न भारतको राजधानी नयाँदिल्ली हुँदै श्रीलङ्कातर्फ प्रस्थान गरे ।

भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए । त्यस अवसरमा उनीहरूबीच प्रधानमन्त्री ओलीले युरोपेली संघसहित अन्य क्षेत्रीय तथा बहुपक्षीय माध्यमबाट नेपाललाई सहयोग गरेकामा लग्जेम्बर्गको सराहना गरेका थिए ।

मन्त्री एसलवर्नले नेपालको विकास प्रयासमा आफ्नो देशबाट निरन्तर सहयोग हुने प्रतिबद्धता व्यक्त गरेको थियो । भेटमा उनीहरूबीच व्यापार, लगानी, पर्यटन र प्रविधि हस्तान्तरणबारे पनि विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्वको प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गरेका थिए । वार्तामा जलवायु परिवर्तन, सम्पर्क सञ्जाल विस्तार र आप्रवासी कामदारका सम्बन्धमा सहकार्य गर्ने सहमति भएको थियो ।

मन्त्री ज्ञवालीले भौतिक पूर्वाधार निर्माण, ऊर्जा उत्पादन, पर्यटन तथा कृषिमा आधारित उद्योगको विकासका लागि नेपाललाई अथाह वैदेशिक सहायता आवश्यक भएकाले लग्जेम्बर्गका उद्यमी व्यवसायीलाई नेपालमा पूँजी परिचालन गर्न आह्वान गरेका थिए ।

नेपाल र लग्जेम्बर्गबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५औँ वार्षिकोत्सवका अवसरमा यहाँस्थित लग्जेम्बर्गका अवैतनिक वाणिज्यदूतावासले विशेष कार्यक्रम आयोजना गरेको थियो ।

विदेशमन्त्री जिनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्ले, लग्जेम्बर्गका लागि नेपाली राजदूत लोकबहादुर थापा तथा यहाँस्थित लग्जेम्बर्गका अवैतनिक वाणिज्यदूत श्रीराम लामिछानेलगायतले बिदाइ गरेका थिए ।

बाइस वर्षपछि विदेशमन्त्रीस्तरमा लग्जेम्बर्गका विदेशमन्त्रीबाट नेपाल भ्रमण भएको हो । यसअघि तत्कालीन प्रधानमन्त्रीले उक्त देशको भ्रमण गरेका थिए ।