दोलखामा स्की खेल्न दैनिक १० हजार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दोलखामा स्की खेल्न दैनिक १० हजार


१६ माघ २०७६, बिहिबार


भीमेश्वर । दोलखामा दुई साता अघिदेखि भएको हिमपातसँगै पर्यटक आगमन वृद्धि भएको छ । एकै दिनमा सयौं पर्यटक हिउँमा स्की खेल्न आउने गरेको पर्यटन व्यवासायीले जनाएका छन् । दोलखाको कालिञ्चोक, शैलुङ, खरिढुङ्ग, मुडे, मागादेउराली, बाघखोर बजारलगयतका स्थानमा हिमपात भएसँगै पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । जिरी, लामाबगर, चँखु मार्बु र च्छयोरोल्पा लगयतका स्थानमा स्थानीय तथा बाह्य पयर्टकको सङ्ख्यामा वृद्धि भएका छन् ।

चरिकोटमा होटल व्यवसाय गर्दै आएका होटल शुभेच्छाका सञ्चालक चन्द्र लामाका अनुसार वर्षभर हात बाँधेर बस्नुपर्ने बाध्यता भए पनि हिमपातको कारणले गर्दा आन्तरिक तथा बाह्य पयर्टकको सङ्ख्या दिनप्रति दिन बढेर गएको लामाले बताए । चरिकोट बजारमा होटल गरी राख्नुभएको साइनो होटलका पोप्राइटर डिबी लामाका अनुसार हिउँ परेपछि चरिकोट बजारमा हल्लका रुपमा चहलपहल बढेर गएको र होटलहरु प्याक भएको बताए।

जिल्लामा आउने पर्यटकको सहजताका लागि दोलखा उद्योग वाणिज्य संघ दोलखा, जिल्ला समन्वय समिति दोलखा, भिमेश्वर नगरपालिका दोलखा, होटल व्यवसायी संघ दोलखा तथा कुरी होटल व्यवसयी संघ दोलखाले व्यवस्था मिलाउँदै आएको जिल्ला प्रशासन कार्यालय दोलखा सहायक प्रमुख जिल्ला अधिकारी ओलखबहादुर आलेले बताए । कालिञ्चोक भगवती मन्दिरको दर्शन तथा हिउँ खेल्नका लागि दैनिक १० हजारभन्दा बढी पर्यटक यस क्षेत्रमा आउने गरेको स्थानीय कालिञ्चोक होटल व्यवसायी संघका अध्यक्ष मकरध्वज पाख्रिनले बताए ।

पाख्रिनले भने, ‘हामीले बसाइ महँगो गरेको छैनौं, तर पानी भने किनेर खानुपर्ने अवस्था छ ।’व्यवसायीले पनि बजारदेखि तीन किलो मिटर तलबाट प्रतिलिटर रु २ का दरले ल्याउने गरेकाले पैसा तिर्नु परेको हो उनले प्रस्ट्याए ।

यता शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालका अनुसार सबै वडाहरुमा गरी आठ ओटा हेलिप्याडसमेत निर्माण गरिसकेकाले केही स्की खेल्दा दुर्घटना भएमा वा जटिल प्रकारको बिरामी भएमा तुरुन्तै काठमाडौं १५ मिनेटमा नै पुर्‍याउने व्यवस्था मिलाइएको छ । कालिञ्चोक भगवती मन्दिरको हाइट ३ हजार ८४१ मिटरमा अवस्थित छन् भने शैलुङको सय थुम्काको हाइट ३ हजार १४६ मिटर रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस