मौसमी फ्लुको प्रकोप नियन्त्रण गर्न विशेष व्यवस्था गर्न माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मौसमी फ्लुको प्रकोप नियन्त्रण गर्न विशेष व्यवस्था गर्न माग


१६ माघ २०७६, बिहिबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कर्णाली प्रदेशको हुम्लामा देखिएको मौसमी रुघाखोकी (फ्लु) प्रकोप नियन्त्रणका साथै प्रभावित व्यक्तिको उपचारका लागि विशेष व्यवस्था गर्न तीनै तहका सरकारसँग आग्रह गरेको छ ।

काँग्रेस संसदीय दलको कार्यालयले आज एक विज्ञप्तिमार्फत सो क्षेत्रमा पर्याप्त औषधि तथा स्वास्थ्यकर्मी परिचालन गर्नका लागि सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको हो । कर्णाली प्रदेशको हुम्लामा केही समय अघिदेखि देखिएको मौसमी रुघाखोकी (फ्लु) का कारण एक दर्जनभन्दा बढीले अकालमा नै ज्यान गुमाउनु परेको छ ।

विकट क्षेत्रमा फैलिएको फ्लु नियन्त्रण नभएका कारण र सो फ्लुबाट प्रभावित व्यक्तिको समयमै उचित उपचार नहुँदा हुम्लावासीले ज्यान गुमाउन परिरहेको काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस