क्रिकेटर सोमपाल वैवाहिक बन्धनमा बाँधिए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

क्रिकेटर सोमपाल वैवाहिक बन्धनमा बाँधिए


१६ माघ २०७६, बिहिबार


काठमाडौं । क्रिकेटर सोमपाल कामी वैवाहिक बन्धनमा बाँधिएका छन् । उनी प्रतिभा घिमिरेसँग वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

आफन्त र परिवारजनको उपस्थितिमा सामाजिक रीति बमोजिम दुबैजनाको विवाह भएको हो । करीब छ वर्षअघि नेपालञ्जमा क्रिकेट प्रतियोगिता खेल्दा पहिलोपटक दुबैजनाबीच भेटघाट भएको थियो । उक्त भेटघाट मित्रतामा कायम हुँदै प्रेम सम्बन्धमा परिणत भएको थियो ।

२४ वर्षीय सोमपाल नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै छन्, अन्तर्राष्ट्रिय एक दिवसीय र २८ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस