मानव बेचबिखन आरोपमा वडाध्यक्षसहित तीन पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मानव बेचबिखन आरोपमा वडाध्यक्षसहित तीन पक्राउ


१६ माघ २०७६, बिहिबार


पक्राउ

काठमाडौं । मानव बेचविखनको आरोपमा वडाअध्यक्षसहित तीनजना पक्राउ परेका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्कासहित तीन जना सानेपाबाट पक्राउ परेका हुन् ।

खड्कासँगै व्रिजगोपाल श्रेष्ठ र नवल ठाकुरलाई महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी प्रभाग सानेपाको संयुक्त टोलीले गत शुक्रबार पक्राउ गरेको हो ।

एक महिलाको उजुरीपछि प्रहरीले छापा मारेको थियो । उनीहरुलाई सानेपाको एक खाजाघरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ठाकुर भारत मोतिहारीका रहेको खुलेको छ । श्रेष्ठ भने काठमाडौं महानगरपालिका–१६ का स्थानीय बासी हुन् ।

उनीहरुमाथि मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार ९ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस