बसको ठक्करबाट पैदलयात्रीको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


१६ माघ २०७६, बिहिबार


चितवन । बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ लक्ष्मीनारायण चोकमा यात्रुबाहक बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

पोखराबाट वीरगञ्जतर्फ गइरहेको ना ५ ख ३२६ नम्बरको बसले बुधबार पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

घाइतेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको बताइएको छ ।

मृतकको सनाखत हुन नसकेको र बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस