भारतीय कार्यबाहक राजदूत र सभामुखबिच भेट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतीय कार्यबाहक राजदूत र सभामुखबिच भेट


१५ माघ २०७६, बुधबार


काठमाडौँ । नेपालका लागि भारतीय कार्यबाहक राजदूत डा. अजय कुमारले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् ।

कार्यबाहक राजदूत अजय कुमारले बुधबार सभामुखको कार्यकक्षमै पुगेर शिष्टाचार भेटघाट गरेका हुन् ।

आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका सभामुख सापकोटालाई कार्यबाहक राजदूत अजय कुमारले भेटका क्रममा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

भेटमा उनले सभामुख सापकोटालाई नेपाल भारत सम्बन्ध विभिन्न आयामहरु संग्रहित पुस्तक पनि उपहार दिएका थिए ।

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले उमेरहदका कारण अवकाश पाएपछि भारतले नेपालमा नयाँ राजदूत पठाइसकेको छैन ।

यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख सापकोटासँग भेट गरी सफल कार्यकालको शुभकामना दिएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस