रसुवागढी र तातोपानी नाकाबाट पर्यटकलाई नेपाल प्रवेशमा रोक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रसुवागढी र तातोपानी नाकाबाट पर्यटकलाई नेपाल प्रवेशमा रोक


१५ माघ २०७६, बुधबार


काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि रसुवागढी र तातोपानी नाकाबाट पर्यटकको आवागमन १५ दिनलाई बन्द गरिएको छ ।

चिनियाँ पर्यटकको आवातजावतबाट भाइरसको संक्रमण फैलिनसक्ने भएकाले पर्यटकको आवागमन रोकिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘अहिले बाटो पनि अफ्ठ्यारो छ, त्यसैले दुई देशकै सहमतिमा १५ दिनलाई आवातजावत बन्द गरिएको हो ।’

कोरोना भाइरस मानिसबाट मानिसमा सजिलै सर्ने भएका कारण चीनबाट नेपाल आउने पर्यटकको आवागमन बन्द गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस