जिप र मोटरसाइकल ठोक्किँदा एक दम्पतिको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जिप र मोटरसाइकल ठोक्किँदा एक दम्पतिको मृत्यु


१५ माघ २०७६, बुधबार


धनुषा । धनुषामा आज भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएअनुसार बोलेरो र मोटरसाइकल ठोक्किदा एक महिला र एक पुरुषको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका—६ गोदार सडकखण्डमा भएको उक्त दुर्घटनामा सोही वडा बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी पत्नी ४० वर्षीया प्रमिलाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकमा सवार साहका नौ वर्षीय छोरा जोन सामान्य घाइते भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए। पूर्वपश्चिम राजमार्ग खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६४ प ३०४८ नंको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स१च १८५८ नंको बोलेरो ठोक्किदा तिनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले जनाए ।

दुवैको शव जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ । ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस