शिक्षा सेवा खारेज गरी प्रशासन सेवाभित्रै गाभ्न मन्त्रालयको पत्र (पत्रसहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शिक्षा सेवा खारेज गरी प्रशासन सेवाभित्रै गाभ्न मन्त्रालयको पत्र (पत्रसहित)


१५ माघ २०७६, बुधबार


काठमाडौँ । नेपाल शिक्षा सेवालाई खारेज गरी नेपाल प्रशासन सेवा भित्र कायम गराउन सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिलाई पत्र पठाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षा सेवालाई खारेज गरी नेपाल प्रशासन सेवा भित्रै शिक्षा प्रशासन समूह/उपसमूह रहने गरी सञ्चालन गर्नुपर्ने देखिएको भन्दै मन्त्रिस्तरीय निर्णयसहित समितिमा पत्राचार गरेको हो ।

देश सङ्घीय संरचनामा गईसकेपछि प्रदेश र स्थानीय स्तरमा अधिकांश कर्मचारी पदमिलान र समायोजन भई सकेकोले नेपाल शिक्षा सेवा राखिरहनु पर्ने औचित्य देखिँदैन, पत्रमा भनिएको छ, अतः नेपाल शिक्षा सेवालाई खारेज गरी नेपाल प्रशासन सेवा भित्रै शिक्षा प्रशासन समूह/उपसमूह रहने गरी सञ्चालन गर्नुपर्ने देखिएको छ ।

साथै नेपाल शिक्षा सेवा भन्दा ठुला आकारका लेखा समूह र राजश्व समूह विगतदेखि नै नेपाल प्रशासन सेवाभित्रै सञ्चालित रहेकोले पनि सोही नीति अन्तर्गत रही नेपाल शिक्षा सेवालाई प्रशासन सेवाभित्रै समूह/उपसमूह कायम गरी सञ्चालन गर्न गराउन आवश्यक व्यवस्थाका लागि यस मन्त्रालयको मन्त्रिस्तरको २०७६/१०/१४ को निर्णयअनुसार अनुरोध छ पत्रमा भनिएको छ ।

यस्तो छ मन्त्रालयको पत्र :

Tags :
प्रतिक्रिया दिनुहोस