पर्यटन बोर्डको सिइओमा धनञ्जय रेग्मी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पर्यटन बोर्डको सिइओमा धनञ्जय रेग्मी


१४ माघ २०७६, मंगलबार


काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा धनञ्जय रेग्मी नियुक्त भएका छन् ।

नेपाल पर्यटन बोर्डको सञ्चालक बोर्डले रेग्मीलाई सिइओ नियुक्ति गर्ने निर्णय गरेको हो । मंगलबार नेपाल पर्यटन बोर्डमा बसेको सञ्चालक बोर्ड बैठकले डिसेम्बर २३ गतेदेखि रिक्त बोर्डको सिइओ पदमा उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो।

सिइओ छनोट उपसमितिले सिफारिस गरेका ३ जनामध्येबाट रेग्मीलाई ४ वर्ष कार्यकालका लागि सिइओमा नियुक्ति गर्ने निर्णय गरेको छ।

छनोट उपसमितिले नयाँ सिइओका लागि आवदेन दिएका १७ जनाबाट ९ जनाबाट धनञ्जय रेग्मी, हिकमत सिंह ऐर र दीपक बस्ताकोटीको नाम रिफारिस गरेको थियो।

मंसिर १८ गते १५ दिनको सूचना प्रकाशन गर्दै बोर्ड सिइओका लागि आवेदन मागेपछि १७ जनाको आवेदन परेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस