लग्जम्बर्गका विदेशमन्त्री भोलि नेपाल आउँदै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

लग्जम्बर्गका विदेशमन्त्री भोलि नेपाल आउँदै


१४ माघ २०७६, मंगलबार


काठमाडौँ। लग्जम्बर्गका विदेश तथा युरोपियन मामिलामन्त्री जेन एसेलबर्न भोलि नेपाल आउँदैछन् । उनी दुई दिनेका लागि नेपालको भ्रमणमा आउन लागेका हुन् ।

भ्रमणका क्रममा भोलि नेपालका सामकक्षी प्रदीप ज्ञवालीसँग द्विपक्षीय वार्ता गर्ने छन् भने पर्सि बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम रहेको छ ।

भोलि नै एसेलवर्नले दुई देशबीच द्वैत्य सम्बन्ध स्थापना भएको ५० वर्ष भएको अवसरमा कार्यक्रमसमेत गर्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस