पर्यटन बोर्डको सिईओ नियुक्ती भोली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पर्यटन बोर्डको सिईओ नियुक्ती भोली


१३ माघ २०७६, सोमबार


काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत सीईओ नियुक्तिको प्रक्रिया पुनः अघि बढेको छ ।

नेपाल पर्यटन बोर्ड स्रोतका अनुशार मंगलबार साँझ बस्ने बोर्ड बैठकबाट सीईओ नियुक्ति गर्ने तयारी छ ।

संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले नयाँ सीईओ नियुक्तिका लागि मंगलबार साँझ् बोर्ड बैठक बोलाएसँगै बोर्डले सिइओ पाउने निश्चित जस्तै भएको स्रोतको भनाई छ ।

बोर्डका तत्कालिन सीईओ दीपक जोशीको ४ वर्षे कार्यकाल सकिएपछि रिक्त पर्यटन बोर्ड प्रमुख कार्यकारी अधिकृतका लागि सीईओ छनोट उपसमितिले ५ माघमा डा। धनन्जय रेग्मी, हिक्मतसिंह ऐर र दीपक बस्ताकोटीको नाम सिफारिस गरेको थियो ।

५ माघमा सिइओ नियुक्ति गर्ने गरी सिइओ छनोट उपसमितिले नाम सिफारिस गरेको भएपनि बोर्डका अध्यक्ष केदार बहादुर अधिकारीले अन्तिम समयमा आएर बैठक स्थगित गरेपछि नियुक्ति प्रक्रिया रोकिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस