सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा


१३ माघ २०७६, सोमबार


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटलाई सोमबार हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको इजलाशमा भएको सुनुवाइ नसकिएपछि मुद्दा मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको हो।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नताको आरोप लागेका सापकोटालाई सभामुख नियुक्त नगर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

आइतबार पहिलो पेशी तोकिएको उक्त मुद्दा न्यायाधीश हरि फुयालको इजलासमा परेको थियो । तर फुयालले हेर्न नमिल्ने भई स्थगित भएको मुद्दा सोमबार न्यायाधीश मल्लको इजलासमा सोमबारदेखि सुनुवाई सुरु भएको हो ।

तर, सापकोटा आइतबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । उनले पद तथा गोपनियताको सपथ पनि लिइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस