सभामुख अग्निप्रसाद सापकोटाको सपथ आज ११ बजे शितल निवासमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सभामुख अग्निप्रसाद सापकोटाको सपथ आज ११ बजे शितल निवासमा


१३ माघ २०७६, सोमबार


काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै छन्।

हिजो प्रतिनिधिसभा बैठकबाट निर्विरोध सभामुख निर्वाचित भएका उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विहान ११ बजे शितल निवासमा सपथ ग्रहण गराउने राष्ट्रपति कार्यालयले जनाएको छ।

सपथ ग्रहणलगत्तै सभामुख सापकोटाले सिंहदरबारस्थित संसद सचिवालयमा पुगी आफ्नो कार्यभार सम्हाल्ने कार्यक्रमरहेको छ।

भोलीदेखि प्रतिनिधिसभाको बैठक सभामुख सापकोटाले नै संचालन गर्नेछन्। तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा पक्राउ परेपछि चार महिनादेखि सभामुख पद रिक्त रहेको थियो।

सत्तारुढ नेकपाले निकै लामो आन्तरिक रस्साकस्सीपछि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। निर्वाचित भएलगत्तै सापकोटाले सभामुख पदको गरिमालाई ख्याल गर्दै तटस्थ, निश्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस