सभामुख सापकोटालाई बाबुरामको सुझाव : सत्तापक्षको निरीह रबरस्टाम्प हुने होइन ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सभामुख सापकोटालाई बाबुरामको सुझाव : सत्तापक्षको निरीह रबरस्टाम्प हुने होइन !


१२ माघ २०७६, आइतबार


काठमाडौँ । प्रतिनिधिसभाको रिक्त सभामुख पदमा निर्वाचित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का नेता अग्निप्रसाद सापकोटालाई पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले सभामुख प्रतिपक्षको अभिभावक भएको कुरामा ख्याल राख्न सुझाएका छन् ।

प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणासँगै बधाई दिँदै डा. भट्टराईले सभामुख सत्तापक्षको निरीह रबरस्टाम्प नभई सिङ्गो सदनको साझा नेता भएको र मुख्यतः प्रतिपक्षको अभिभावक भएको स्मरण गराएका हुन् ।

भट्टराईले लेखेका छन् ‘सभामुख सत्तापक्षको निरीह रबरस्टाम्प हैन पुरै सदनको साझा नेता हो र दमननाथ ढुङ्गानाले स्थापित गरेको नज़ीर अनुसार मुख्यतः प्रतिपक्षको अभिभावक हो भन्ने ख्याल रहोस्’

डा. भट्टराईले सभामुखमा निर्विरोध निर्वाचित भएकोमा बधाई दिँदै भनेका छन्– ‘मित्र मा अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना’

Tags :
प्रतिक्रिया दिनुहोस