रहिनन् कुसुण्डा भाषाकी संरक्षक ज्ञानीमैया कुसुण्डा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रहिनन् कुसुण्डा भाषाकी संरक्षक ज्ञानीमैया कुसुण्डा


१२ माघ २०७६, आइतबार


काठमाडौं । कुसुण्डा भाषाकी संरक्षक ज्ञानीमैया कुसुण्डाको शनिबार निधन भएको छ । कुसुण्डा भाषामा दोहोरोसंवाद गर्ने ८५ वर्षीया ज्ञानीमैयाको दम र उच्च रक्तचापका कारण निधन भएको कुसुण्डा विकास समितिका अध्यक्ष धनबहादुर कुसुण्डाले बताएका छन् ।

उनको दाङको लमही नगरपालिका–६ कुलमोहरस्थित आफ्नै निवासमा निधन भएको हो । उनी पुस २८ गतेदेखि बिरामीको कारण उपचाररत थिइन् । उपचार सम्भव नभएपछि उनलाई घर लगिएको थियो । उनको मस्तिस्कमा ‘डिजेनेरेटिभ चेन्जेज’ अर्थात उमेर बढ्दै जाँदा मस्तिस्कका सेलहरु नष्ट हुँदै जाने र दमको समस्या रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

ज्ञानी मैयाको निधनले कुसुण्डा भाषा पनि लोप हुनसक्ने भाषाविज्ञ बताउँछन् । कुसुण्डा भाषाको मूल स्रात नै उनलाई मानिएको थियो । उनी भाषालाई संरक्षण गरी संस्थागत बनाउन र पुस्ता हस्तान्तरण गर्न खोज्दै थिइन् । उनको निधनले कुसुण्डा भाषा संरक्षण्मा अपुरणीय क्षति भएको बताउँछन् कुसुण्डा भाषाका अनुसन्धानकर्ता उदय आले ।

कुसुण्डा भाषामा दोहोरो संवाद गर्ने अहिलेसम्म कोही छैन । ज्ञानीमैया र उनकी बहिनी कमलाले मात्रै दोहोरोसंवाद गर्दै आएका थिए । बाल्यकालमा जंगलमा बिताएकी ज्ञानीमैयाले आमाबाबुबाट सिकेको कुसुण्डा भाषा अहिलेसम्म जोगाएर राखेही थिइन् ।

देसभरमा कुसुण्डा भाषा जान्ने जम्मा दुई जना मात्रै थिए । ज्ञानीमैयाले घरमै कुसुण्डा भाषा सिकाउँदै आएकी थिइन् ।

उनलाई भाषा आयोगले भाष्कि वृद्धि मासिक तीन हजार दिँदै आएको थियो ।

उनका एक छोरा र दुई छोरी छन् । छोराको ६ वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियो ।

देशभर कुसुण्डा जातिको संख्या १५४ रहेकोमा दाङमा मात्रै ७४ जना कुसुण्डा रहेको कुसुण्डा विकास समिति अध्यक्ष धनबहादुरले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस