२ लाख २६ हजार घुससहित गाउँपालिकाका इन्जिनियर पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२ लाख २६ हजार घुससहित गाउँपालिकाका इन्जिनियर पक्राउ


११ माघ २०७६, शनिबार


सिन्धुली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले एक इन्जिनियरलाई पक्राउ गरेको छ । शुक्रवार साँझ उपभोक्ता समितिसँग घुस लिएको अभियोगमा सिन्धुलीको घ्याङलेख गाउँपालिकामा कार्यरत इन्जिनियर दिलीपकुमार शाहलाई पक्राउ गरिएको हो ।

आयोगका अनुसार घ्याङलेख गाउँपालिकाको विभिन्न वडामा ट्रान्सफर्मर जडानको बिद्युतीकरण सम्बन्धी कार्य सम्पन्न गरी भुक्तानी लिने सिलसिलामा घुस माग गरेका थिए ।

शाहलाई अख्तियारको टोलीले कमलामाई नगरपालिका ६ को श्रेष्ठ होटेलबाट उपभोक्ता समितिसँग चेक र नगद लिँदै गर्दा पक्राउ गरिएको हो । उनको साथबाट एक लाख ६० हजार र ७० हजारको दुई वटा चेक र नगद ३५ हजारसहित २ लाख २६ हजार नियन्त्रणमा लिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस