सर्वोच्चको संवैधानिक विज्ञमा पहिलोपल्ट डा. तिमिल्सिना नियुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्चको संवैधानिक विज्ञमा पहिलोपल्ट डा. तिमिल्सिना नियुक्त


११ माघ २०७६, शनिबार


काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासको विज्ञमा डा. रामकृष्ण तिमिल्सिना नियुक्त भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्चकै पूर्वरजिष्ट्रार तिमिल्सिनालाई विज्ञ नियुक्त गरेका हुन् ।

संवैधानिक इजलास कार्य सञ्चालन नियमावलीमा भएको संवैधानिक इजलास विज्ञ नियुक्ति सम्बन्धि व्यवस्था अनुसार प्रधानन्यायाधीश राणाले आवश्यक अध्ययन अनुसन्धान राय र परामर्शका लागि तिमिल्सिनालाई नियुक्त गरेका हुन्।

नेपालको संविधान २०७२ ले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठनको व्यवस्था गरेको छ। संविधान र कानुनविद् मध्येबाट डा. तिमिल्सिना पहिलोपल्ट संवैधानिक इजलास विज्ञको रुपमा नियुक्त भएका हुन्।

डा. तिमिल्सिनाले सूचनाको हकमा विद्यावारिधी गरेका छन् भनृ नेशनल ल कलेजका संस्थापक सञ्चालकसमेत हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस